चैत १५, २०८०, बिहीबार
               

लाभांश पारित गर्न नेपाल ल्युव आयलको साधारण सभा आह्वान, यति दिँदैछ लाभांश ?

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल ल्युव आयल (NLO) ले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १८ गते सोमबार बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भच्र्युअल माध्यममा २९ औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्दैछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार असोज ४ गते सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि