बैशाख ०८, २०८१, शनिबार
               

चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो तर, उपलब्धि छैन : अर्थमन्त्री शर्मा

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताएका छन्। मंगलबार संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकारभन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यथार्थ तथ्याङ्क प्रस्तुत गरेका छन्। 

‘सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसक्ने अवस्थाले भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने र विकास वित्त परिचालनका लागि उच्च लागत पर्न जाने देखिन्छ,’ जानकारी पत्रमा भनिएको छ,’उच्च दरमा हुने आन्तरिक ऋण परिचालनले निजी क्षेत्रको वित्तीय साधनको उपलब्धतामा समेत नकारात्मक प्रभाव पर्न जाने देखिन्छ । बढ्दो सार्वजनिक ऋणको साँवा तथा व्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने परिस्थिति निर्माण हुने खतरासमेत रहेको छ ।’


कस्तो लाग्यो ?

यो पनि