बैशाख ०८, २०८१, शनिबार
               

बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोड बजेट

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ ।

मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गरेका हुन्  ।

चालूतर्फ २६ अर्ब १ करोड, ६६ लाख, २३ हजार र पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थापनतर्फ भने २ अर्ब विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि अनुमानित खर्चका लागि कर राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार संकलन हुने अनुमान गरिएको मन्त्री ढुङ्गेलले बताए ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा ९ अर्ब १० करोड राजश्व संकलन गर्ने जनाएकाे छ । ११९ स्थानीय तहका लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड, सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड, वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ७० करोड र विशेष अनुदानतर्फ ४२ करोड विनियोजन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि