चैत १६, २०८०, शुक्रबार
               

६०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँ बढेको हो। 

आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो । मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। सुन बिहीबार ३ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि