चैत १६, २०८०, शुक्रबार
               

१० वर्षभित्रमा पेट्रोलियम गाडीलाई पूर्णरूपमा विस्थापन गरिने

नेपाल फ्ल्यास
जेठ १५, २०७८

सांकेतिक
ADVERTISEMENT

सरकारले आगामी १० वर्षभित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ।

आव २०७८/०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने रणनीतिक लक्ष्य राखिएको बताए । साथै आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत कोरोना प्रभावित उद्योग व्यवसायीहरूलाई व्यावसायिक पुनरुत्थानको लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

साथै आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विद्युतीय कार उत्पादकलाई नेपालमा नै गाडी उत्पादन गर्न प्रोत्साहित गर्ने यस्तो घोषणा गरेकाे छ । विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्ने योजनासहित सवारी साधनको पाट्सहरु उत्पादन गर्न चाहने उद्योगको लागि कर सहुलियत र निःशुल्क जमिनको व्यवस्था समेत गर्ने घोषणा गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि