चैत १६, २०८०, शुक्रबार
               

महामारी रोकथाम गर्न ३७ अर्ब ५३ करोड विनियोजन

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरेको सार्वजनिक गरेका छन् । 

यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लान्टको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने पनि बजेटमा उल्लेख छ।  अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषणा गरेको छ।

कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि