चैत १६, २०८०, शुक्रबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। सुन आज तोलामा ६०० रुपैयाँ बढेको हो । आइतबार ९ सयले बढेको थियो भने सोमबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ४५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३९० मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि