बैशाख १३, २०८१, बिहीबार
               

मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि ९ करोड बजेट विनियोजन

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

सुरुङ्गा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले ९ करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ ।

संघीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो । बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो ।

मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । अहिले अस्पतालमा कोरोना संक्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।


कस्तो लाग्यो ?

यो पनि