बैशाख ०४, २०८१, मंगलबार
               

तुलसीपुर कोरोना मेट्रो अस्पताललाई सहयोग

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

दाङ । कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका  लागि झण्डै चार लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । 

वाणिज्य संघका महासचिव विनिल केसीले उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । वाणिज्य संघले एक लाख ५१ हजार रुपैयाँ, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३०० रुपैयाँ, रोट्र्याक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३६० रुपैयाँ, लायन्स क्लब अफ दाङको तर्फबाट ५१ हजार रुपैयाँ, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार रुपैयाँ र तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजङ्ग शाहबाट ११ हजार रुपैयाँ सहयोग गरेको उद्योग वाणिज्य संघका कोषाध्यक्ष देवबहादुर केसीले जानकारी दिए ।

त्यस्तै तुलसीपुर–९ निवासी वीरबहादुर डाँगी, गोकर्ण डाँगी, टोपबहादुर डाँगी र भरत डाँगीकी आमा श्रीमती मित्रकुमारी डाँगीको नामबाट अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

कोभिड विपद कोषका सहजकर्ता तथा समाजसेवी विमल रिजालको पहलमा सो रकम संकलन गरिएको हो । तुलसीपुर उधोग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले विपद्को घडीमा  नागरिकको जीवन रक्षाका लागि आम व्यवसायीलाई  सहयोगको अपिल गरेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि