चैत १६, २०८०, शुक्रबार
               

दर्ता नगरी व्यवासय सञ्चालन

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो । 

आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा अधिकांश दर्ता नगरेको पाइएको सुर्खेतबाट हुम्ला पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए ।

घरेलु, उद्योग वाणिज्य संघमा दर्ता नगरेका व्यवसायीलाई पहिलोपटक चेतावनी दिइएको र आगामी दिन दर्ता प्रक्रिया पूरा नगरे त्यस्ता व्यवसायलाई सिल गर्ने उनले बताए । 

सिमकोट बजार अनुगमन गर्ने क्रममा सातवटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने त्यो सङ्ख्या अझै बढ्ने देखिएको उनले बताए । दर्ता भएका पसलमा पान नम्बरसमेत नलिएको भेटिएको प्रमुख थापाले बताए । 

पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर बिक्री वितरण गरिएको भेटिएको छ । त्यस्तै पेय पदार्थ, जङ्कफुड, दालमोट, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाइएकाले ती वस्तु नष्ट गर्न लगाइएको थापाले जानकारी दिए । म्याद गुज्रिएका वस्तुप्रति उपभोक्ताले कुनै मतलब नगर्ने भएको कारण जनचेतना जोगाउनु आवश्यक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि