चैत १५, २०८०, बिहीबार
               

चेम्बरको सदस्यमा विज्ञापन व्यवसायी अर्याल निर्वाचित

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा विज्ञापन व्यवसायी राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।

उनी मुलुकको अग्रणी विज्ञापन एजेन्सीमध्येको त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन् ।

चेम्बरको ७०औँ वार्षिक साधारणसभाबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकसमेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा रहँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि