बैशाख ०८, २०८१, शनिबार
               

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गरेकाे हाे  । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ ।

यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको थियो । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि