बैशाख ०८, २०८१, शनिबार
               

एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद विक्री भएको महासंघले जनाएको छ ।  हिजो तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी प्रतितोला २० रुपैयाँ बढेर १ हजार २८० रुपैयाँ कायम भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि