चैत १६, २०८०, शुक्रबार
               

रुरु जलविद्युतको आइपीओमा मागभन्दा ६२ गुणा बढी आवेदन

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

रुरु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ। 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।

रुरु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

सर्वसाधारण लगानीकर्ताहरुलाइ भने ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण हुनेछ ।

माग भन्दा बढी आवेदन परेकोले न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ३७ हजार ९१६ जनाले मात्रै शेयर पाउने देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि