बैशाख १२, २०८१, बुधबार
               

आयकरको दोस्रो किस्ता बुझाउन ताकेता

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै बुझाउन ताकेता गरेको छ ।

आन्तरिक राजस्व विभागले चालू आवको आयकरको दोस्रो किस्ताबापत अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।

यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सोसमेत चैत मसान्त भित्र गरिसक्न विभागले आग्रह गरेको छ ।

विभागले तोकिएको समयमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा तोकिएको कर र विवरण बुझाउन विभागले भनेको छ । समयमा कर नबुझाएमा भने कानुनअनुसार शुल्क, जरिवाना तथा ब्याज लाग्ने उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि