चैत १५, २०८०, बिहीबार
               

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक महिलालाई ९ महिनापछि पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा बिगत ९ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएकी वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र ६ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

विसं २०७७ चैत्र २२ गते बेलुकी काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ स्थित फेला पारी पक्राउ गरेको थियो । तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलानको लागि फैसला गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने चार एक्साभेटर, दुई जेसिभिसहित चार ट्याक्टर र तीन टिपर गरी जम्मा १३ सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङ्पाटनस्थितमा रहेको नदी बगरबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग १ क २८७९ को जेसिभिलाई इलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएर म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि