चैत १६, २०८०, शुक्रबार
               

तेस्रो घण्टामा नेप्से २,६०३.३७ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । तेस्रो घण्टामा नेप्से परिसूचक १.८६ अंकले बढेर २,६०३.३७ विन्दुमा पुगेको छ ।  

०.७ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको ५ अर्ब ६४ करोड २५ लाख ४६ हजार बराबरको खरीदविक्री भएको छ । तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ, भने होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ, कम्पनीको ६७ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ४९७ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि