चैत १६, २०८०, शुक्रबार
               

पहिलो घण्टाको अपडेट : नेप्से ४०.८४ अंकले बढ्यो

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४०.८४ अंकले बढेर २,६२६.८५ विन्दुमा पुगेको छ ।   

२,६१५.३६ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.५८ प्रतिशतले बढेको हो । 

कारोबारको पहिलो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको २४ हजार १६९ पटकको कारोबारमा ५४ लाख ३४ हजार ५१८ कित्ता शेयरको ३ अर्ब १७ करोड २९ लाख बराबरको खरीदविक्री भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि