बैशाख १३, २०८१, बिहीबार
               

नेप्से ९२.४२ अंकले बढ्यो

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । परिसूचक ९२.४२ अंकले बढ्दा शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ ।

१० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा भने यसअघि नै साढे १० अर्बको रेकर्ड बनेको छ । 

बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन् । आज ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ। 

वाणिज्य बैंकहरुमा नविल र ग्लोबल आइएमई बैंकको मूल्य ८.१ र ७.९ प्रतिशतले बढेको हो । निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 
 


कस्तो लाग्यो ?

यो पनि