बैशाख ०८, २०८१, शनिबार
               

क्यानेडियन ईमिग्रेसन अवार्डकाे उत्कृष्ट ७५ मा अनिल थापा

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । क्यानाडाको क्यानेडियन आप्रबासी म्यगेजिनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आर.बि.सी.आप्रवासी अवार्डको छनौटमा नेपाली सफल व्यवसायी अनिल थापा छनौटमा परेका छन् ।

विगत लामो समयदेखि क्यानडामा रहेर नमस्ते रेडियो संचालन गर्दै आइरहेका थापा क्यानाडमा रियल स्टेट, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा पनि संलग्न छन् । थापा नेपाल आईस हक्कि संघका क्यानाडा प्रतिनिधि समेत रहेकाे र नेपाल आईस हक्कि संघलाई महत्त्वपूर्ण सहयाेग गरिरहेकाे संघका वरिष्ठ उपाध्यक्ष विजय खडकाले वताए ।

विभिन्न देशबाट क्यानाडा आएर बसोबास गर्ने र क्यानाडाको विभिन्न क्षेत्रमा रहेर पेशागत तवरले देश निर्माणमा सहयोग गर्नेहरू मध्येवाट छनोट गरी बर्सेनि उत्कृष्ट २५ जनालाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ । आर.बि.सी. उत्कृष्ट क्यानेडियन ईमिग्रेसन अवार्डका लागि थापा उत्कृष्ट ७५ जना परेका छन् ।

भोटिङको आधारमा बिजय चुनिने हुँदा विश्वभरि रहेका सम्पूर्ण नेपालीहरूलाई आगामी अगष्ट ७ तारिखभित्र भोट गरी अनिल थापालाई विजय गराउन  अपिल गरेका छन् ।

यो पनि