बैशाख ०७, २०८१, शुक्रबार
               

ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दबाब

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

कठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दबाब परेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गर्दै यस्तो दबाब दिएका हुन् । 

यसअघि बोलेका अन्य नेताहरुले पनि यसै अभिव्यक्तिसँग मिल्दोजुल्दो अभिव्यक्ति दिएका थिए । 

तर, बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको बताउँदै आफ्नो बचाउ गरेको सो बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

उनले प्रधानमन्त्रीले बैठकमा सरकारको कामको फेहरिस्त सुनाउँदै असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको प्रतिक्रिया दिएको पनि बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारत र नेपालकै नेता मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरएको अभिव्यक्ति दिएका थिए । 

जसका कारण उनी नेकपाकै नेता तथा कार्यकर्ताको आलोचनाको केन्द्रबिन्दु बन्दै आएका छन् । 

यो पनि