बैशाख ०८, २०८१, शनिबार
               

४५ दिने शिशु र अढाईवर्षे बालकमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । 

श्वासप्रश्वासमा समस्या भएपछि आकस्मिक रुपमा उनको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरिएको थियो । 

त्यसैगरी, सोमबारै ललितपुरका अढाई वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मेडसिटी अस्पतालमा शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरी परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि