चैत १५, २०८०, बिहीबार
               

चीनमा अब क्वारेन्टाइनमा २८ दिन अनिवार्य बस्नुपर्ने

एजेन्सी
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं : कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन चीनले क्वारेन्टाइन अवधिलाई १४ बाट दोब्बर बनाउँदै २८ दिन पुर्‍याएको छ । पछिल्लोपटक बेइजिङको सिनफादी बजारबाट फैलिएको कोरोना भाइरस वुहानबाट सुरु भएकोभन्दा थप संक्रामक भएको भन्दै बेइजिङले यस्तो निर्णय लिएको ग्लोबल टाइम्सले जनाएको छ ।

बेइजिङमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरु अधिकांश सिनफादी बजारको गाई र भेडाको मासु बिक्री गर्ने पसलका कामदारहरु हुन् । चीनको स्वास्थ्य आयोगका विज्ञ सि क्वाछिङले उनीहरु उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।

संक्रमण पुष्टि भएकाहरुमा लक्षण नभएका कारण लक्षण हेरेरै उनीहरुमा भाइरस भएको अनुमान गर्न गाह्रो भएकोसमेत उनले बताएका छन् ।

'त्यसतै कतिपय व्यक्तिहरुमा अघिल्लो परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । नेगेटिभ न्युक्लिक एसिड टेस्ट नेगेटिभमा मात्र भर पर्न सकिने देखिएन् । पछिल्लो १४ दिन उनीहरुले कुनै लक्षण पनि देखाएनन् । उनीहरुलाई यसै बाहिर छाड्दा संक्रमण बढ्न सक्ने देखियो,' उनले भने ।

बेइजिङको फंगाथाई जिल्लाका उपप्रमुखले भेडाबाख्रा तथा गाइको मासु बिक्री गर्ने बजारका कामदार र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई २८ दिन क्वारेन्टाइनमा राख्ने घोषणा गरेका छन् । सोमवार १४ दिन क्वारेन्टाइनमा राखिएपछि उनीहरुको न्युक्लिक एसिड टेस्ट गरिएको र थप १४ दिन क्वारेन्टाइनमा राखिने उनले जानकारी दिए ।

बेइजिङमा देखिएका संक्रमितहरु मध्ये ३३.८ प्रतिशत मासु बजारका कामदार हुन् ।


कस्तो लाग्यो ?

यो पनि