बैशाख ०८, २०८१, शनिबार
               

आमिर खानका स्टाफलाई कोरोना पोजेटिभ देखिएपछि लेखे यस्तो पत्र

एजेन्सी
असार १६, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता आमिर खानले आफ्ना स्टाफलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

आमिरले सामाजिक सञ्जाल (ट्विटर) मा एक पत्र शेयर गरेका छन् । उनका अनुसार, 'संक्रमितको घरका अन्य सदस्यको पनि कोरोना टेस्ट गरिएको थियो । तर, अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।'

बिएमसीका अधिकारीहरुले संक्रमितको रेखदेख गरेको उनले जानकारी दिएका छन् । मेडिकल सुविधा उपलब्ध गराएको, स्टाफको राम्रोसँग हेरबिचार गरेको र वरपरको क्षेत्रलाई स्यानिटाइज गरेकोमा उनले बिएमसीलाई धन्यवाद दिएका छन् ।

आमिरले लेखेका छन्, 'म सबैलाई यो बताउन चाहन्छु कि मेरा स्टाफ र उनीहरुको घरका सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।'

'हामी सबैको कोरोना परीक्षण भयो । र हाम्रो रिपोर्ट नेगेटिभ आयो । अब म मेरी आमाको पनि कोरोना परीक्षण गराउनेछु ।' आमिरका अनुसार अब आमाको मात्र परीक्षण हुन बाँकी छ ।

उनले भनेका छन्, 'कृपया प्रार्थना गर्नुस् कि मेरी आमाको कोरोना रिपोर्ट नेगेटिभ आओस् ।'

आमरिले कोकिलाबेन अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीलाई धन्यवाद समेत दिएका छन् । साथै उनले सबैलाई कोरोनाबाट सुरक्षित रहन आग्रह गरेका छन् ।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनको अपकमिङ फिल्म लालसिंह चड्ढा हो । यस फिल्ममा उनी करिना कपूरसँग देखिनेछन् ।

यो फिल्म हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो । लालसिंह चड्ढा यस वर्षको क्रिसमसमा रिलिज हुने भनिएको थियो । 

तर, कोरोना भाइरसका कारण फिल्मको रिलिज डेट सस्पेन्स बनेको छ ।


कस्तो लाग्यो ?

यो पनि