बैशाख ०४, २०८१, मंगलबार
               

‘सामन्ती’ चरित्र देखाएको भन्दै शीर्ष नेतालाई मञ्चबाट झारियो

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आसनको ‘राजनीति’ ले अर्को चरण लिएको छ । जारी स्थायी समिति बैठकमा पार्टीका दुई नेतालाई सुरुमा विशेष सोफा र अरु नेताका लागि साधारण कुर्सीको व्यवस्था गरिएको थियो ।

तर, नेताहरुले शीर्ष तहबाट ‘सामन्ती’ चरित्र देखाएको भन्दै आलोचना गरे । त्यसपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि अरु सदस्यको जस्तै सामान्य कुर्सीको व्यवस्था गरिएको थियो ।

साधारण कुर्सीमै पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा शीर्ष नेताको आसन अरु सदस्यको भन्दा माथि ड्यासमा थियो ।

तर, मंगलबारको बैठकमा सबै शीर्ष नेताहरुको आसन ‘समान’ देखिएको छ । अध्यक्षसहित शीर्ष नेताहरुको आसन उही तहमा गरिएको छ । शीर्ष नेताहरुको कुर्सी मञ्चबाट तल झारिएको हो ।


कस्तो लाग्यो ?

यो पनि