बैशाख १४, २०८१, शुक्रबार
               

ग्राण्डि अस्पतालद्वारा निःशुल्क हवाई उद्धार

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौंले  खोटाङकी एक गर्भवती महिलालाई हवाई उद्धार गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अनुरोधमा अस्पतालको  हवाई उद्धार मेडिकल समूहले निःशुल्क उद्धार गरेको हो । रक्तस्रावको कारण जोखिम अवस्थामा रहेकी खोटाङ कोपिलागढ़ी २ कि १९ वर्षीया गर्भवती महिलालाई उद्धार गरी अस्पतालले परोपकार प्रसूति गृह थापाथलीमा पठाएको छ । 

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई  उद्धार कार्यविधि २०७५ बमोजिम मन्त्रालयले तोकेको अस्पतालमा उपचार गराउनुपर्ने छ । सोही प्रावधान अनुसार गर्भवती महिलाको परोपकार प्रसूति गृहमा पठाइएको अस्पतालले जनाएको छ । डा अजय सिंह थापाको नेतृत्वको उद्धार समूहमा  स्टाफ नर्स अनु शाहीलगायत थिए ।

ग्राण्डि अस्पतालसँग मलुुुकमैं पहिलो पटक हवाई उद्गारसहित मेडिकल समूह रहेको छ । अस्पतालसँग गम्भीर बिरामी तथा हजारौंको सङ्ख्यामा हवाई उद्दारको अनुभवको रहेकोले मन्त्रालयले अनुरोध गरेको हो । 

ग्राण्डि अस्पतालले भौगोलिक विकटता भएका तथा सुगम क्षेत्रबाट वार्षिक ५ सय बढी बिरामीको हवाई उद्धार गर्दै आएको  छ । अस्पतालले आर्थिक विपन्न तथा पिछडिएका क्षेत्रका बिरामीको निःशुल्क हवाई उद्धार गर्दै आएको हाे । ग्राण्डिको उद्धारसँगै भौगोलिक विकटता भएका क्षेत्रका गम्भीर बिरामीले समयमै सुविधायुक्त अस्पतालमा जान नसकेको कारण ज्यान जोखिममा पार्नुपर्ने बाध्यताको अन्य भएको छ ।


कस्तो लाग्यो ?

यो पनि