बैशाख १३, २०८१, बिहीबार
               

विवाह समारोहमा कोरोना संक्रमण :  बेहुलाले ज्यान गुमाए, ९५ जन्ती संक्रमित

एजेन्सी
असार १६, २०७७

ADVERTISEMENT

भारत । बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसको मुख्य कारण थियो, विवाह समारोहमा सहभागिता ।

पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये सोमबार ८० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमितमध्ये ३० वर्षीय दुलाहाको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियरसमेत रहेका दुलाहा विवाहका लागि १२ मेमा पटनाबाट आफ्नो गाउँ डिहपाली पुगेका थिए ।

सोही यात्राका क्रममा उनमा कोभिड–१९को लक्षण पाइएको थियो । तर, परिवारले उनलाई क्वारेन्टाइनमा राख्नुको साटो विवाह गराए । विवाहको दुई दिनपछि उनको अवस्था बिग्रँदै गयो र पटनाको एम्स अस्पतालमा लैजाँदै गर्दा मृुत्यु भयो ।

दुलाहाको निधनपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो । यो घटनापछि जिल्ला प्रशासनले विवाहका सबै सहभागीको कोरोना परीक्षण गर्ने निर्णय गर्‍यो । त्यसक्रममा पहिलो दिन १५ जनाको पोजेटिभ रिपोर्ट आयो भने दोस्रो दिन सोमबार ८० जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म बेहुलीमा भने संक्रमण देखिएको छैन ।

प्रशासनले घटनामा कोभिड-१९ को संक्रमण रोक्न लागू गरिएको नियमको धज्जी उडाइएको टिप्पणी गरेको छ। प्रशासनले कुनै पनि विवाह समारोहमा ५० जनाभन्दा माथि उपस्थित हुन रोक लगाएको थियो । तर यो विवाहमा गाउँका सयौ मानिस सहभागी भएको पाइएको थियो ।

यसअघि राजस्थानको भीलवाडामा भएको एक विवाह समारोहमा २५० मानिस बोलाइएको थियो। विवाहमा गएका १५ जनामा संक्रमण देखियो भने बेहुलाका हजुरबुबाको मृत्यु भयो। बेहुला र उनका बाबुसमेत गरी १५ जनालाई अस्पताल भर्ना गरियो । 


कस्तो लाग्यो ?

यो पनि