बैशाख ०४, २०८१, मंगलबार
               

कोरोना संक्रमणबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु

एजेन्सी
असार १६, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । 

भारतमा  दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या ५ लाख  ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ ।

गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । 

 देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख  ३४ हजार ८२२ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । 

महाराष्ट्रपछि केन्द्रिय राजधानी समेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि