चैत १६, २०८०, शुक्रबार
               

स्थानीय तहमा बैंकिङ सेवा अवरुद्ध

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

जाजरकोट । कुशे गाउँपालिकामा रहेको कृषि विकास बैंकमा इन्टरनेटले काम नगर्दा समस्या भएको छ । 

“आर्थिक वर्षको आखिर समयमा छौँ तर इन्टरनेट नचल्दा हामीलाई सेवा प्रवाहमा हम्मेहम्मे भएको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने । 

उनका अनुसार भारी वर्षाका कारण अहिले ४० प्रतिशत बजेट कार्यान्वयन गर्न मुस्किल हुने देखिन्छ । 

दुर्गममा यातायातका साधन सञ्चालन गर्न नसक्दा निर्माणका सामाग्री ढुवानी कार्य अवरुद्ध भएको छ । 

निर्माण सामग्रीसँगै खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँ जान नसक्दा विकास निर्माणका कामसमेत ठप्प भएको हो । 

बिहान ६ देखि बेलुकी ९ बजेसम्म काम गर्दा पनि समय नपुगेको अधिकृत गिरीले बताए । 


कस्तो लाग्यो ?

यो पनि