चैत १६, २०८०, शुक्रबार
               

क्यानद्वारा समिति विस्तार

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ ।

क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । 

प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । 

यस्तै सञ्यराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्य गुरुङलाई सदस्यमा मनोनयन गरिएको छ । 

यसैगरी रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । उक्त समितिका सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन् । 

सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल तथा सदस्यमा भानुभक्त सिग्देललाई सदस्यका रूपमा चयन गरिएको छ । 

अध्यक्षमा चन्द निर्वाचित भएपछि क्यानको पहिलो बोर्ड बैठकले चार समिति गठन गरेको थियो ।

‘हामीले अन्य समिति बनाउने योजना बनाएका छौँ’, अध्यक्ष चन्दले भने । 


कस्तो लाग्यो ?

यो पनि