बैशाख १३, २०८१, बिहीबार
               

परिवार सवार जीप दुर्घटना, डाक्टरकी श्रीमतीको मृत्यु

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

हेटौँडा । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महास‌ंघ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ । 

दुर्घटनामा धितालकी श्रीमतीको मृत्यु भएको छ भने जीपमा सवार सबै चार जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौंबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परी धितालका छोरा अनुज र चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् ।

यस्तै, कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।


कस्तो लाग्यो ?

यो पनि