चैत १६, २०८०, शुक्रबार
               

स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप स्थानीय तहबाट सिफारिस लिएर आउनेहरु उपत्यका छिर्न पाउने

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तसहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई काठमाडौं छिर्न दिने निर्णय गरेको छ । 

जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस हुनुपर्ने बताइएको छ ।  

होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता भए मात्रै उपत्यका भित्रिन दिने निर्णय सोमबार सीसीएमसीको बैठकले गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्ने गरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउनेलाई उपत्यका छिर्न दिइने बताए ।  

यो नियम हवाई र स्थलमार्गबाट आउनेहरुका लागि कार्यान्वयन हुने पनि उनले बताए । 

त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुलाई पनि अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने बताइएको छ ।

यो पनि