बैशाख ११, २०८१, मंगलबार
               

३ करोड ४ लाख ९४ हजार ३०८ सरकारी रकम व्यक्तिगत खातामा जम्मा गर्ने लेखापाल पक्राउ

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । तीन करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर भएको छ । 

३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो । 

साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, अख्तियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४मा प्रशासन सहायक पदमा कार्यरत रत्नबहादुर विकले वडा कार्यालयबाट उठाएको रकम कार्यालयको राजश्व खातामा जम्मा गर्नुको सट्टा व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि