बैशाख १३, २०८१, बिहीबार
               

ढुंगा प्रहार गरी हत्या

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिका–४ ग:हिटीस्थित ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार बिहान ग:हिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीय कृष्ण तामाङ मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सामान्य आपसी विवादमा सिन्धुली तीनपाटन गाउँपालिका घर भइ ग:हिटी बस्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले ढुंगा प्रहार गरी उनकाे हत्या गरेको खुलेको छ ।

हत्याको आरोपमा इन्द्रबहादुरलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कारबाही थालेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि