बैशाख ०७, २०८१, शुक्रबार
               

सेयरबजार ओरालाे लागेसँगै बन्द भएको कारोबार पुन: सुरु

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

लकडाउन सुरु भएसँगै बन्द भएकाे सेयर बजार साेमबार खल्दा नेप्सेमा ऋणात्मक सर्किट लागी पुन:   खुलेको छ । 

कारोबार सुरु भएको पहिलो घन्टमै नेप्से ४ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको सेयर मार्केट खुलेको हो । 

दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटबढ भएपछि ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटबढ हुँदा कारोबार नै बन्द भएकाे थियाे । 

बजार बन्द हुनुभन्दा अघिसम्म नेप्से ४८ अंकले घटेको छ । सो अवधिमा ८ करोड ४२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी एक हजार एक सय ४३ वटा मात्र कारोबारबाट ६९ कम्पनीका १ लाख ८२ हजार ५ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

करिब तीन महिनापछि खुलेको बजार सुरुदेखि नै निरन्तर ओरोलो लागिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि