बैशाख १३, २०८१, बिहीबार
               

पूर्वसदस्यसचिव सिंहको शोकमा कार्यालय बन्द

रासस
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य्सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । 

पूर्वसदस्यसचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उनले राखेपको सातौँ सदस्यसचिवका रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि