बैशाख ०७, २०८१, शुक्रबार
               

टिकटकमा  पोष्ट गरेको बेली डान्सको भिडियोले पुर्यायो तीन वर्ष जेल, २२ लाख जरिवाना

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

एजेन्सी । टिकटकमा  पोष्ट गरेको बेली डान्सले एक डान्सर युवतीलाई जेल सजाय भएको छ । इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ ।

काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर (२२ लाख रुपैयाँ) जरिवाना तोकेको समाचारमा जनाइएको छ ।

अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो ।

साथै, ४२ वर्षीया बेली डान्सरले उक्त आरोपलाई अस्विकार्दै आफूलाई निर्दोष बताएकी छन् । उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताएकी छन् ।

काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियामा भिडियो सेयर गरेको र उनले इजिप्टको परिवारको सिद्धान्त र मूल्यको उल्लंघन गरेको ठहर गरेको छ । साथै, सो अदालतको निर्णयबारे एक सांसद जोन तलाटले भने, ‘स्वतन्त्रता र भ्रामकताबीच निकै ठूलो अन्तर रहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि