चैत १५, २०८०, बिहीबार
               

यसरी भनियो अभिनेता गोबिन्दालाई बलिउडको ‘हिरो नम्बर वान’

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

मुम्बइ । बलिउड अभिनेता गोबिन्दालाई हिन्दी मनोरञ्जन उद्योगका चर्चित अभिनेता मध्येमा एक मानिँदै आइएको छ । भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर (२ अर्ब ४१ करोड) रुपैयाँ आनुमान गरिएको छ ।

उनले ब्रान्ड एन्डोर्समेन्टको विज्ञापनमार्फत अत्यधिक कमाई गर्छन् । अभिनेता गोबिन्दाको नामबाट चर्चित भएका गोबिन्दा आहूजाले ९० को दशकमा आफ्नो सदाबहार अभिनयबाट बलिउडमा राज गरेका छन् ।

उनले सन् १९८६ मा इल्जाम नामको चलचित्रबाट बलिउड क्षेत्रमा आफ्नो सुरुवात गरेका थिए । त्यसबेलादेखि नै गोबिन्दाले एउटा लामो यात्रा तय गरेका छन् । सन् २०२० मा उनको कूल सम्पत्ति २ अर्बभन्दा बढी भएको पाइएको छ ।

गोबिन्दालाई उनको उत्कृष्ट कमिक भूमिका र पेप्पी डान्सका लागि चिनिन्छ । ‘इल्जाम’ पछि गोबिन्दाले ‘लभ’, ‘हत्या’, ‘जिते है शान से’, ‘हम जैसी’ लगायतका थुप्रै फिल्ममा अभिनय गरे ।

यी सबैलाई प्रशंसकले अत्यधिक रुचाएका थिए । गोबिन्दाले आफ्नो अभिनयकै कारण फिल्मी उद्योगमा छुट्टै पहिचान स्थापित गर्न सफल भए । कथित रुपमा गोबिन्दाले आफ्नो करियरमा १ सय ६५ भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि