बैशाख १३, २०८१, बिहीबार
               

नेपोली र मिलानको सहज जित

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले सहज जित निकालेको छ । घरेलु मैदानमा स्पाललाई ३-१ गोलले पराजित गर्दै नेपोलीले सहज जित निकालेको हो ।

खेलको चार मिनेट नबित्दै ड्रेस मार्टिन्सले गोल गर्दै घरेलु टोली नेपोलिलाई अग्रता दिलाएका थिए । तर २९ औं मिनेटमा स्पालका आन्द्रेअ पेटाग्नाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै, ३६ औं मिनेटमा जोसे कलेजनले गोल गर्दै नेपोलीलाई पुनः अग्रता दिलाए । उनले एलिफ इल्मासको पासमा गोल गर्दै पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा नेपोलीले थप एक गोल गर्दा अमिन योउनेसले गोल गरे । उनले खेलको ७८ मिनेटमा गोल गर्दै नेपोलीलाई ३-१ गोलको सहज जित दिलाए ।

यस जितसँगै नेपोलीले २८ खेलबाट ४५ अंक जोड्दै तालिकाको छैटौं स्थानमा यथावत छ । यता पराजित स्पाल समान खेलमा मात्र १८ अंक जोड्दै तालिकाको पुछारमा छ ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा एसी मिलान वियजी भएको छ । घरेलु मैदानमा भएको खेलमा मिलानले पाँचौँ स्थानको रोमालाई २(० गोलले पराजित गरेको हो । यस जितसँगै मिलान २८ खेलबाट ४२ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि