बैशाख १२, २०८१, बुधबार
               

क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

नवलपरासीको बर्दघाटमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार, आइतबार बिहान ५ बजे एक पुरुषको मृत्यु भएको हो ।

ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

उनी असार १२ गते मात्रै भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनले पहिलेदेखि नै मुटु र प्रेसरको औषधि नियमित सेवन गर्दै आइरहेको बताइएको छ ।

कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको ज्ञवालीले बताए । 


कस्तो लाग्यो ?

यो पनि