बैशाख १२, २०८१, बुधबार
               

कतारबाट १ सय ५८ नेपाली स्वदेश फर्किए

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं  । कतारबाट चार्टर्ड फ्लाइटमार्फत आज १ सय ५८ नेपाली स्वदेश फर्किएका छ्न् ।

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली दोहामा रहेको दूतावासमा समन्वय गरी स्वदेश फर्किएका हुन् ।

उक्त उडानमा १० महिला, दुई नाबालक र १ सय ४६ जना पुरुष रहेको दूतावासले जनाएको छ । 

उनीहरुलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न राजदूतावासका अधिकारीहरु समेत आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि