बैशाख ०८, २०८१, शनिबार
               

पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा बसेकी छन् । 

थाइल्यान्डबाट स्वदेश फर्किएसँगै उनी क्वारेन्टाइनमा बसेकी हुन् । 

उनी छोरा हृदयन्द्रसहित होटलको क्वारेन्टिनमा बसेकी हुन् ।

नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको बताइएको छ । 

तीन महिनाअघि हिमानी शाह अध्ययनरत आफ्ना छोराछोरी भेट्न थाइलैन्ड गएकी थिइन् । 

अन्तर्राष्ट्रिय विमान बन्द भएसँगै तीन महिना उतै रोकिएकी उनी  नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा मंगलबार उनी पनि सोही विमानमा स्वादेश फर्किएकी हुन् । 

हिमानीका दुई छोरी पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ । 

यो पनि