बैशाख १२, २०८१, बुधबार
               

६४०० नेपाली स्वदेश फर्किए, झन्डै तीन सय होटलका क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

कोरोनाको महामारीमा विभिन्न देशमा अलपत्र परेर रहेका ६ हजार चार सय नेपाली स्वदेश फर्किएका छन् । 

सोमबारसम्म जापान, अष्ट्रेलिया, दुबई, मलेसिया, म्यानमार, कुवेत, बहराइन, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्यान्ड, सिंगापुर, साउदी अरेबिया, ओमान, अफगानिस्तानलगायत देशबाट ६ हजार चार सय ७९ जना नेपाल फर्किएका हुन् । 

उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँमा निर्मित होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षण र तथ्यांक संकलनपछि क्वारेन्टाइन, होटेल क्वारेन्टाइन र सम्बन्धित जिल्लातर्फ पठाउने गरिएको छ । 

करिब तीन सयजना उपत्यकाभित्र रहेका विभिन्न होटेल क्वारेन्टाइनमा राखिएका छन् । आर्थिक हिसाबले सबल भएकाहरू भने होल्डिङ सेन्टरबाट सीधै होटेल क्वारेन्टाइनमा जाने गरेका छन् । 

बाँकीलाई स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाउने गरिएको छ । ‘संक्रमणको सम्भावना देखिएका र बिरामीसँग आएकाहरूलाई सीधै क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरेर मात्रै जिल्ला पठाइन्छ,’ कर्णेल सानुकाजी थापाले भने, ‘बाँकीलाई होल्डिङ स्पेसमा दुई–तीन घन्टासम्म राखेर उनीहरूको रुचिअनुसार नै क्वारेन्टाइनमा पठाइरहेका छौँ ।’ 

सरकारले प्रदेश १ र २ लागि भक्तपुरमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि ललितपुरमा र अन्य प्रदेशका लागि काठमाडौंका विभिन्न पार्टी प्यालेसमा होल्डिङ सेन्टर बनाएको छ ।

प्रदेश १ लागि भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल बैंक्वेट र प्रदेश दुईका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा होल्डिङ सेन्टर बनाइएको छ ।

यी दुवै पाँच–पाँच सय क्षमताका हुन् । यस्तै, ललितपुरको ग्वार्कोस्थित मण्डला पार्टी प्यालेसलाई कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि होल्डिङ सेन्टर बनाइएको छ । महालक्ष्मीको डिभाइन पार्टी प्यालेस र धोबीघाटको सिद्धार्थ पार्टी प्यालेस पनि तयारी अवस्थामा छन् । 

यस्तै, काठमाडौंमा बागमती प्रदेशका लागि पानस र यती पार्टी प्यालेस, गण्डकी प्रदेशका लागि स्काई जोन र प्रदेश ५ का लागि मण्डला पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि