बैशाख ०८, २०८१, शनिबार
               

सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका अर्का व्यक्तिको निधन

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

सुर्खेत । सुर्खेतमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको निधन भएको छ । 

सुर्खेतको भेरीगंगा नगरपालिकाको भेरी नगरपालिका–५ का ३५ वर्षीय युवकको आइतबार निधन भएको हो । 

यसअघि पनि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको थियो ।  मृत्युपछि पीसीआर जाँच गर्दा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय निधन भएका व्यक्ति छिन्चुको शारदा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेर केही दिनअघि घर गएका थिए । 

उनी भारतबाट नेपाल आइ सो क्वारेन्टाइनमा बसेका थिए । 

क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा रिपोर्ट  नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । 

अहिले उनको स्वाब परीक्षणका लागि वीरेन्द्रनगर अस्पतालमा पठाइएको छ । सोको नतिजा आएपछि मात्रै दाहसस्कार गर्ने भनी नजिता कुरेर युवकका आफन्त बसेका छन् । 

युवकको शव अहिले प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।

यो पनि