बैशाख १३, २०८१, बिहीबार
               

छुट्टाछुट्टै दुर्घटनामा २ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

बर्दिवास नगरपालिका-३ पाटु डाँडामा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीयराजिव महतको मृत्यु भएको हो । 

त्यस्तै मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिका-३ याम्दामा ट्याक्टर दुर्घटना  हुँदा चालकको मृत्यु भएको छ । बाग्लुङ जिल्ला घर भएर लोघेकर दामोदरकुण्ड-१ मराङ बस्ने २६ वर्षीय चालक झलक घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

चराङबाट छुसाङ आउने क्रममा सडकबाट ट्याक्टर अनियन्त्रित हुँदा अचानक दुर्घटना भएको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि