बैशाख ०८, २०८१, शनिबार
               

देवघाटमा स्नान गर्न रोक

रासस
असार ०७, २०७७

ADVERTISEMENT

तनहुँ । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ ।

कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । 

समितिले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध गरेको छ ।

समितिका अध्यक्ष शिवराज पौडेलले मठमन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनलाई स्नान  गर्न नआउन आग्रह गरेको हो ।

यसअगाडिका वर्षहरुमा ग्रहण लाग्दा ५० हजार  भक्तजन स्नान गर्न आउने गरेको भएकाले  यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भक्तजनलाई नआउन अनुरोध गरिएको उनले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि