असार २५, २०७७, बिहीबार
               

कोभिड–१९ : मानिसको उपचारमा नियन्त्रण खोज्‍ने कि निदान !

मानव स्वास्थ्यका लागि रोग नियन्त्रणभन्दा निदान अपरिहार्य छ । त्यसैले नियन्त्रण होइन निदानको विधि नै अवलम्बन गर्नुपर्ने हुन्छ । स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक, नैतिक, भावनात्मक र आध्यात्मिक तवरले सम्पूर्ण रूपमा शतप्रतिशत ठिक रहनु हो । अर्को शब्दमा, प्रकृति मातासँग सामीप्य अपनाउँदै सकारात्मक सम्बन्ध र प्रकृति प्रेम कायम राख्नु हो । अथवा, प्रकृतिसँग सामीप्य अपनाउँदै सकारात्मक सम्बन्ध र प्रकृतिले प्रदान गरेको अद्वितीय पन्चतत्वः धर्ती, आकाश, अग्नि, जल र वायुको एक अभिन्न अंगको रूपमा जीवनयापन गर्नु हो । अतः शरीरमा रोग र कमजोरी नदेखिनुलाई मात्र निरोगी वा स्वस्थ मान्नु उपयुक्त हुँदैन । तसर्थ प्राकृतिक चिकित्सामा एकैचोटी शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सबै पक्षहरूको उपचार हुने गर्दछ । यो विधि नै रोगको निदान हो, नियन्त्रण होइन । यसलाई अझ प्रस्ट पार्न केही ठोस विषयवस्तु उजागर गर्नुपर्ने हुन्छ ।

शरीर एक अनौठो यन्त्र हो जसले आफ्नो उपचार आफैँ गर्दछ । प्रकृतिको साथले त झनै ठुलो हिलर/उपचारको काम गर्दछ । यसर्थ पनि अस्वस्थ अवस्थाबाट मुक्त हुन मानव शरीर स्वयं नै हिलिङ गर्ने उपयूक्त साधन भएकाले वास्तविक उपचार पद्धति अवलम्बन गर्न जरुरी छ ।

रोग निदानका आधारभूत सिद्धान्तहरू

१. सबै रोगहरूको मुख्य कारण एउटा मात्र रहेछ । त्यो भनेको हाम्रो जीवनशैली एवं आहार विहारका कारण शरीर भित्र जम्मा हुने विजाति द्रव्य (मल, फोहोर, विकार) नै हो । मात्रै चोटपटक र वातावरणीय परिस्थितिको कारणले हुने शारीरिक अस्वस्थयता बाहेक अन्य कारण भनेको शरीरमा जम्मा भएको फोहोर हो । वास्तवमा, विजातिय द्रव्य शरीरमा जम्मा हुँदै जाँदा शरीरभित्रको प्रणालिलाई सम्पूर्ण रूपमा काम गर्न अवरोध गर्दछ । सम्पूर्ण रोगहरूको कारण एउटै हो, त्यो हो शरीर भित्र फोहोर जम्नु र सम्पूर्ण रोगको उपचार पनि एउटै छ त्यो हो शरीर बाट सम्पूर्ण फोहोर बाहिर निकाल्ने । यो विधि अवलम्बन गरेर मात्र अस्वस्थताबाट मुक्त हुन सकिन्छ ।

२. ज्वरो आउने, रुघाखोकी लाग्ने, उल्टी आउने, पखाला लाग्ने, टाउको दुख्ने आदि कुनै रोग नभएर यिनीहरू त शरीरमा भएको फोहोर शरीरबाट बाहिर निकालेर शरीर शुद्धीकरण प्रक्रिया मात्र हुन् । र, लक्षणका रूपमा देखिने हुन् । जीर्णरोग (क्रोनिकल डिजिज) हुने मुख्य कारण तीव्र रोगलाई औषधि प्रयोग गरी दबाउने प्रवृत्ति हो । 

उदाहरणका लागि तीव्र रोग (एक्यूट डिजिज) भनेको हाम्रो मित्र हो न कि शत्रु । तीव्र रोगले हाम्रो शरीरमा जम्मा भएको बिजातीय द्रव्यलाई शरीरबाट बाहिर निष्कासन गर्ने एक प्रबल माध्यम पो हो । तीव्र रोग भनेको कुनै रोग नभएर यो त शरीरले शरीरलाई उपचार गरेर रोगबाट मुक्त गर्ने प्रक्रिया हो । अन्जानमा यसलाई हामीले रोग भनेर औषधि सेवन गर्दै यसका लक्षणहरूलाई दबाउने गर्छौँ र त्यही दबाउने कारणले पछि गएर जीर्ण रोगमा परिणत हुँदै हामीलाई धेरै मुस्किलमा पार्दछ । तीव्र रोग शरीर शुद्धीकरण गरेर शरीरलाई रोग मुक्त गराउने प्रक्रिया पो हो त । यसर्थ रोगबाट पार पाउन तीव्ररोगलाई नदबाइकन प्राकृतिक रूपमा उपचार गर्नु श्रेयष्कर हुन्छ । 

३. रोग निदानका लागि प्राकृतिक चिकित्सामा हाम्रो भोजन नै प्रमुख औषधि भएकाले कुनै बाह्य औषधि प्रयोग गर्नुको साटो हामीले आफ्नो खानपानलाई व्यवस्थित गर्दै रोगमुक्त हुनुपर्ने हुन्छ । 

४. शरीर एक अनौठो यन्त्र हो जसले आफ्नो उपचार आफैँ गर्दछ । प्रकृतिको साथले त झनै ठुलो हिलर/उपचारको काम गर्दछ । यसर्थ पनि अस्वस्थ अवस्थाबाट मुक्त हुन मानव शरीर स्वयं नै हिलिङ गर्ने उपयूक्त साधन भएकाले वास्तविक उपचार पद्धति अवलम्बन गर्न जरुरी छ ।

५. प्राकृतिक चिकित्सामा जीर्ण बिरामीहरूलाई अन्य उपचार पद्धतिभन्दा सफलताका साथ छिटै निको बनाइन्छ । प्राकृतिक चिकित्सामा रोगको होइन रोगीको र बिरामीको सम्पूर्ण शरीरको उपचार गरिन्छ ।

६. उपवासले शरीरलाई रोगमुक्त गराउन अनुकूल वातावरण तयार गर्दछ ।

७. बाह्य उपचारहरू चाहे त्यो जुनसुकै पद्धति भएता पनि त्यसले राहत दिने मात्र हो । शरीरलाई रोग मुक्त गर्दैन । हाम्रो आफ्नै शरीरमा भएको जीवन शक्ति/प्राण वायु (इम्युनिटी)ले मात्र हामीलाई रोग मुक्त गराउँदछ ।

८. बिरामीको रोगबाट निको हुने दृढ इच्छा, आत्मविश्वास, संकल्प र प्रकृति रूपमा हिलिङ पावरमाथिको अटुट विश्वासलेनै रोग मुक्त गराउन सबैभन्दा ठुलो भूमिका खेल्दछ ।

अतः रोगहरूको मुख्य कारण शरीरमा जम्मा हुने फोहोर भएकाले स्वस्थ रहन हामीसँग दुइटा विकल्प रहन्छन् ।

क. शरीरमा जम्मा भएको फोहोरको नियमित निकास । वा,

ख. शरीरमा फोहोर उत्पादन गर्न सक्ने खराब खानपानलाई त्यागेर असल एवं प्रकृतिमय खानपान व्यवस्थित गर्दै सेवन गर्ने ।

यसै सन्दर्भमा, महात्मा गान्धीले दक्षिण अफ्रिकामा प्लेगको महामारी चलेको समयमा १५ जना बिरामीहरूलाई एलोपेथिक दवाई बन्द गराएर प्राकृतिक चिकित्साको प्रयोगले ६–७ दिनमा ठीक गर्नु भएको थियो । तर अर्कोतिर १५ जना बिरामीहरूलाई एलोपेथिक पद्धतिबाट उपचार गरिरहेकी नर्ससहित ती सबै १५ जना बिरामीहरू ३ दिनमा मृत्यु भएको थियो ।

स्वस्थ रहनका लागि सदासर्वदा अवलम्बन गर्नुपर्ने जीवनका पद्धतिहरूः

१. मौसमी फलफूल, नपकाएको काँचो तरकारी जस्तै गाजर, मूला, प्याज, पत्तागोभी, टमाटर, अंकुरित चना, मुङ, चुकन्दर, धनियाँ पत्ता, कागती दैनिक प्रयोग । 

२. तरकारी पकाउँदा पानीमा मात्र उमालेर तेल प्रयोग नगर्ने ।

३. दाल, गेडागुडी नदलेर (नपिसेर) गेडा नै सेवन गर्ने । पानीमा भिजाउँदा झनै राम्रो ।

४. बिहानै उठ्नासाथ मनतातो पानीमा कागतीको रस मिसाएर एक डेढ ग्लास पिउने । दैनिकरुपमा शारीरिक कसरत, योगासना, ध्यान, प्रणायाम, योग निद्रा र हास्य योग गर्ने । 

५. खाना खानुअघि पर्याप्त मात्रामा भिटामिन मिनरल्सले भरिएका मौसमी फलफूल र सलाद खाने । त्यसपछि मात्र खाना खाने ।

६. आवश्यकता अनुसार दैनिक २–३ लिटर पानी पिउने । 

७. पर्याप्त निद्रा, तनावरहित सन्तुलित सकारात्मक शान्ति सद्‍भाव, प्रेमपूर्ण व्यवहार, सेवा, सबैप्रतिको सम्मान र प्रशंसा गर्ने । 

८. शुद्ध शाकाहारी सात्त्विक भोजन, हाम्रो भान्सामा प्रयोग हुने सम्पूर्ण रोगहरूबाट सुरक्षित राख्ने मसला, जिरा, धनियाँ, बेसार, लसुन, अदुवा आदिको नियमित प्रयोग । 

९. सम्पूर्ण ऊर्जाको मुहान सूर्य किरण र धर्ती माता भएकाले यसको प्रत्यक्ष सम्पर्कमा रहने । जसले सदा सर्वदा निरोगी बनाउँछ । 

१०. शुद्ध हावा निरन्तर लिने, जसले शरीरलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण प्राणवायू अक्सिजन प्रदान गर्दछ । 

खानामा/अन्यमा प्रयोग गर्न नहुने 

१. रिफाइन आयोडिनयुक्त समुद्री नुन ।  

२. मैदा । 

३. रिफाइन तेल ।

४. चिनी ।

५. पशुजन्य खाद्य पदार्थ र दूधबाट बनेका पनिर, घ्यू, मासु, अण्डा आदि ।

६. प्याकेट बन्द बिस्कुट, चकलेट । 

७. फास्ट फुड पिज्जा बर्गर आदि ।

८. फ्रिजमा प्रयोग गरिएका चिजहरू ।

९. एसी, पंखाको प्रयोग । 

१०. परफ्युम, स्किन क्रिमको प्रयोग । 

११. क्रोध, राग, द्वेष, घृणा र निन्दा ।

कीटाणु/जीवाणुहरू (भाइरस/ब्याक्टेरिया) 

कीटाणु/जीवाणुहरू त फोहोरमा रमाउने गर्छन् । फोहोरले कीटाणुको लागि अनुकूल वातावरण सिर्जना गर्दछ । तसर्थ, रोगको कारण कीटाणु नभएर शरीरमा जम्ने फोहोर मात्र हो कीटाणु त फोहोरमा भेटिने मात्र हो । प्राकृतिकरुपमा एनिमल इन्सटिक्ंटलाई हेर्‍यो भने पनि कुनै जनावर मर्ने अवस्थामा पुग्दा गिद्ध एवं अन्य जीवाणुले आक्रमण गर्न सुरु गर्दछन् । कमजोर लड्खडाएको जनावारलाई बाटोमा हिँड्ने बेला कुकुरहरूले लखेट्न खोजेको देखिएका हुन्छन् । जहाँ कमजोरी हुन्छ त्यहाँ आक्रमण हुने गर्दछ । यसर्थ पनि, कीटाणुहरू त फोहोर र आशक्ततामा रमाउने र भेटिने हो । जब कीटाणुको लागि अनुकूल वातावरण सिर्जना हुन्छ त्यहाँ यिनीहरूले ठाउँ पाउने हुन् । तसर्थ रोगको कारण कीटाणु नभइकन शरीरमा जम्ने फोहोरका कारण मात्र हो । किटाणु फोहोरमामात्र भेटिने/बाच्ने भएकाले यसप्रति ध्यान जान जरुरी छ ।

कीटाणुले कहिले पनि स्वस्थ र निरोगीहरूलाई नोक्सानी गर्दैनन् । किटाणु जापान-अमेरिकाबाट प्लेन चढेर न आउने हुन्, न मास्क लगाएर नै छेकिने हुन् । शुद्ध शरीरमा करोडौँ कीटाणु हालिदिए पनि कीटाणुले खाने विकार नभेटिएपछि आहार नपाएर स्वतः कीटाणु मरिहाल्छन् । रोगको प्रमुख कारण फोहोर र विकार शरीरबाट सफा गरेर रोगमुक्त गराउने पवित्र कार्य गर्नुपर्ने हुन्छ ।

१. कीटाणुका कारण कुनै पनि रोगले जन्म लिँदैन । कीटाणुशास्त्रका अनुसार शरीरमा धेरै कीटाणुहरूको उपस्थिति हुनसक्छ तर पनि यी कीटाणुहरूले शरीरमा हुने कुनै पनि रोगलाई जन्माउन सक्दैनन् भन्ने कुरा अधिकांश आधुनिक चिकित्सा विज्ञानका डाक्टरहरूलाई थाहा नभएको प्रतीत हुन्छ । उदाहरणका लागि, क्षयरोग हुनुभन्दा अगाडि क्षयरोगका कीटाणुले आक्रमण गरेपछि क्षयरोग हुने होइन । यो रोग पहिले नै शरीरमा आएपछि बल्ल कीटाणुहरू आरामसँग आउने हुन् । वास्तवमा क्षयरोग लाग्नु अगाडि शरीरमा क्षयरोगको कीटाणु कहिले पनि देखिँदैन तर रोग लागिसकेपछि मात्र कीटाणु देखा पर्छन् । हुने यस्तै हो ।

२. आजभन्दा करिब ११७ वर्ष अगाडि नै कीटाणु शास्त्रका विशेषज्ञ अमेरिकन डाक्टर रोबर्ट लिंकोल्न वाल्टसनले सन १९०३ मा प्रकाशित पुस्तक “डाइग्नोसिस बाई मिन्स अफ दि ब्लड”मा किटाणुले रोगनै जन्माउन सक्दैन बरु रोगी शरीरमा कीटाणुहरू जन्मिने गर्दछन् भनी उल्लेख गरेका थिए ।

३. अमेरिकन डाक्टर जान फ्रासरले सन १९१९ मा अमेरिकामा प्रकाशन हुने पत्रिका “फिजिकल कल्चर” मा प्रकाशित एक लेखमा टोरन्टोमा गरिएका थुप्रै प्रयोगबारे वर्णन गरेका थिए । तीन वर्षसम्म चलेको अध्ययनमा रोग लागिसकेपछि मात्र शरीरमा कीटाणु भेटिन्छ भन्ने कुरा साबित भएको थियो । तसर्थ कीटाणुको कारण रोग हुने होइन कि रोगको कारण नै कीटाणु पैदा हुन्छ ।

४. अब, बुझ्नु पर्ने भनेको शरीरमा विजातीय द्रव्य जमेपछि ब्याक्टेरिया र भाइरसलाई अनुकूल वातावरण बनेपछि मात्र शरीरमा प्रवेश गरेर आफ्नो अड्डा जमाउँदै, आफ्नो संख्या वृद्धि गर्दै स्थापित गर्ने हुन् । यसर्थ कीटाणु रोगको कारण हुन सक्दैन ।

५. सन १९१४ मा एउटा डाक्टरले भ्यागुतेरोग(डिप्थेरिया)को पचास हजार कीटाणु पानीमा हालेर पुरै कीटाणु पिएका थिए ताकि कीटाणुले कुनै रोग पैदा गर्न सक्छ कि सक्दैन भनेर । यत्रो कीटाणु एकैचोटि पिउँदा सबैको होस उडेको थियो । सबै उनको मृत्यु हुन्छ भनेर डराएका थिए । धेरैले यस्तो ज्यान लिने खेल रोक्न कोसिस गरे । तर उनलाई पचास हजार कीटाणु एकैचोटि जिउँदै पिउँदा पनि मर्नु त कहाँ हो कहाँ भ्यागुतेरोगसमेत देखा परेन ।

६. अर्कोपल्ट भ्यागुतेरोगको लाखौँ कीटाणु एउटा मानिसको जिब्रोको तल र नाकभित्र हाल्दा पनि रोगको लक्षण नै देखा परेन । यसरी अरू अनेकौँ रोगका कीटाणुको प्रयोग गरियो । निमोनियाको करोडौँ कीटाणुहरू खानेकुरा पानीमा मिलाएर खुवाइयो । तर कीटाणुलाई रोग पैदा गर्न उत्साहित गर्दा पनि रोगबाट मृत्यु हुनु त परै जाओस् रोगको लक्षण समेत देखिएन ।

७. अर्को प्रयोगमा मियादी ज्वरोको लाखौँ कीटाणुहरू पानी, दूधमा मिलाएर जिउँदै निल्दा, धेरै ख्याल राखिएको थियो । तर कीटाणु खानेलाई कीटाणुबारे जानकारी थिएन । यस्तै मेनिन्जाइटिस करोडौँ कीटाणुहरूको अनेक प्रयोग भए । नाकको झिल्लीमा धेरै अनुकूल हुन्छ भनेर नाकमा हालेर हेर्ने काम पनि भयो । यी सबै प्रयोगमा कैयौँ दिन प्रतीक्षा गर्दा पनि रोगको नामोनिशान नै देखिएन । 

८. सन १९१४ देखि १९१८ सम्म यस्ता किसिमका १५० प्रयोगहरू गरिएका थिए तर रिजल्टमा त कतै पनि भाइरस र ब्याक्टेरियाले रोगको लक्षण देखा परेन । 

९. यस्ता प्रयोगहरू दुनियाँभर धेरै ठाउँमा भए ती सबैको जानकारी गराउन सकिन्छ । तर कीटाणुको कारणले रोग हुन्छ भन्ने सिद्धान्त शतप्रतिशत झुटो साबित गर्न माथि उल्लेखित तथ्यांकहरू नै पर्याप्त छन् । 

१०. तसर्थ कीटाणुले रोग पैदा नगरेर बरु उल्टै रोगी शरीरले कीटाणु जन्माउँछ किनभने रोगी शरीरमा कीटाणुको लागि फल्ने फुल्ने योग्य खुराक विकार र फोहोरमा मिल्छ । कीटाणु मार्न प्रयोग गरिने भ्याक्सिन र औषधिले मर्ने या रोग भगाउने नभएर बिरामीको शरीरमा जहर जम्मा गराएर बिरामीलाई मृत्युको मुखमा धकेल्ने काम गर्दछ ।

११. तर हामीलाई लाग्छ कि शरीरमा कीटाणुको लागि उपयुक्त वातावरण बनिरहँदा कीटाणु शरीरमा खेल्न पाउँछन् । यदि भ्याक्सिनले कीटाणु मारेपछि हामी सुरक्षित हुन्छौँ भन्ने तर्क आउन सक्छ । कुरा त सही जस्तो लाग्छ तर वास्तविकता भने अर्कै छ । कीटाणुले रोगनै पैदा गर्दैन भने इन्जेक्सन र भ्याक्सिन लगाउने कारण किन ? कीटाणु त हाम्रो शत्रु नभएर मित्र हुन् जसले रोग पैदा नगरेर शरीरमा जमेको विकार सफा गरेर रोग भगाउने पो काम गर्दछन् । 

१२. जब फल सड्छ तब फलमा किराहरू परेर खान सुरु गर्छन् । दुनियाँमा कीटाणुको कामनै 'गंदकी' र विकार खाने हो । शरीरमा पनि कीटाणु त्यही काम गर्छन् जुन सडेको फलमा गर्दछन् । यस्ले गर्दा त शरीर शुद्ध हुँदै रोगमुक्त हुने गर्दछ ।

१३. कीटाणुले कहिले पनि स्वस्थ र निरोगीहरूलाई नोक्सानी गर्दैनन् । किटाणु जापान-अमेरिकाबाट प्लेन चढेर न आउने हुन्, न मास्क लगाएर नै छेकिने हुन् । शुद्ध शरीरमा करोडौँ कीटाणु हालिदिए पनि कीटाणुले खाने विकार नभेटिएपछि आहार नपाएर स्वतः कीटाणु मरिहाल्छन् । रोगको प्रमुख कारण फोहोर र विकार शरीरबाट सफा गरेर रोगमुक्त गराउने पवित्र कार्य गर्नुपर्ने हुन्छ । विकारयुक्त शरीरमा कीटाणु भेटिनुको अर्थ नै विकार सफा गर्नको लागि हो । कीटाणु हाम्रो मित्र नभएर शत्रु कसरी भयो ? बरु कीटाणुबाट रोग हुन्छ भन्दै कीटाणु मार्ने नाममा हाम्रो ज्यान लिने भ्याक्सिन र दबाइ प्रयोग गरेर हाम्रो धन सम्पत्ति सखाप पार्दै ज्यान लिनेहरू शत्रु हुन् । हाम्रो ज्यान बचाउने कीटाणु हाम्रो दुस्मन कदापि हुन सक्दैनन् ।

१४. भाइरसलाई हराउने, भगाउने, मार्ने र हामी सुरक्षित हुन्छौँ भनेको आफू घरभित्र बसेर घरमा आगो लगाई आफू सुरक्षित हुन्छौँ र भाइरसलाई मारिकन भगाउँछौँ भने जस्तै हो । अर्को अर्थमा पानीमा मात्र जीवनयापन गर्ने माछालाई पानीरहित गराउनु भनेको उसलाई मृत्युवरण गराउनु भनेजस्तै मानव जीवनलाई पनि भाइरस बेगर रहनु वैज्ञानिकरुपमा मृत्युवरण गर्नु हो । 

भाइरस मानवभन्दा अघिदेखि धरतीमा अस्तित्वमा छन् । करोडौँ भाइरसहरूबाट हामी सदैव घेरिएका हुन्छौँ र करोडौँ भाइरस र ब्याक्टेरियाबाटनै हामी बनेका हुन्छौँ । हामी समाप्त भइसकेपछि पनि भाइरस रहिरहने छन् । जसबाट हामी बनेका छौँ, त्यसैलाई मारेर सुरक्षित हुन्छौँ त ?

१५. आधुनिक औषध विज्ञानको मतानुसार रोगको उपचार गर्न रोगको कारण पत्ता लगाउन जरुरी छ । यदि यसो हो भने कीटाणुहरूकै कारण रोग पैदा हुन्छ भन्ने तथ्य थाहा भइसकेपछि सम्पूर्ण कीटाणुहरूलाई खत्तम पारी दिएपछि रोगबाट त्यसै मुक्ति मिलिहाल्छ नि, तर के यस्तो भइरहेको छ त ? दिनानुदिन सरुवा रोग घट्नुको साटो बढेकै छ । 

१६. कीटाणुले रोग पैदा गर्दछ भन्ने सिद्धान्तका जन्मदाता पास्चुर हुन् । उनको सिद्धान्तअनुसार करिब १५० वर्षदेखि उपचार पद्धति लागु भइरहेको छ । तर कुनै पनि रोगमा पास्चुरको स्थिति र आजको स्थितिमा कुनै अन्तर आयो त ? क्षयरोग कीटाणु पत्ता लागेको त जुग बितिसक्यो तर क्षयरोग त उस्तै फैलिरहेको छ जस्तो पहिला थियो । क्षयरोग मात्र नभएर अहिलेसम्म जति पनि रोगका कीटाणु पत्ता लागे ती कसैबाट पनि मुक्ति मिलेको छैन । औषधि उपचार त अनवरत चलिरहेको छ ।

सृष्टिकर्ताले मनुष्यलाई सदा निरोगी र सदाचारी बनाउनु भयो । सर्वशक्तिशाली, सर्वमंगलमय, सर्वज्ञ ईश्वरको रचना अपूर्ण, सदोष, रोगी, पापी, कंगाल र दुखी कसरी हुनसक्छ ? अतः मनुष्य पाप र तापबाट मुक्त भएमा आनन्दपूर्ण स्वर्गमा भएजस्तै आनन्दमय रहन्थे ।

तर आज कुनै पनि मनुष्य स्वस्थ देखिँदैन । सारा विश्व नै रोग र शोकको साम्राज्य भएको छ । मनुष्यमा मानवीय अंश नै नरहेको भन्दा फरक पर्दैन । जन्मदेखि मृत्युसम्म मनुष्यलाई रोग र दुःखले घेरिरहेको हुन्छ । प्रकृतिसँगको आत्मीयता रहेन, भ्रातृत्वभाव रहेन बरु प्रकृतिमाथि नै घात गर्दै प्रकृतिकै विनाश गर्न थालियो । घृणा, इर्ष्या द्वेष, पाप र अपराधले धर्ती नै कब्जा गरिएको छ । चिन्ता, कष्ट, शोक–सन्ताप, उदासी र नैरास्यताले मात्र घेरिएका मानव छन् । प्रकृति माताको अवहेलना गर्दै मानवले सिर्जना गरेको स्वास्थ्य विज्ञानको भ्रममा पर्दा आज मनुष्यको यस्तो दुर्दशा भएको छ । प्रकृतिबाट विमुख हुँदै जाँदा आज मनुष्य हजारौँ रोगको जन्जालमा फसिरहेका छन् । पशुपंक्षीले प्रकृति मातासँगको सम्बन्ध यथावत् नै राख्दा रोगबाट सदा मुक्त छन् भने पाप र अपराधबाट पनि टाढा नै छन् । प्रकृतिको शरणमा जानासाथ मनुष्य सदा निरोगी रहन सक्छ । तर मनुष्यमा मानवताको अंश नै नरहँदा प्रकृतिबाट बनेको शरीर जल, वायु, आकाश, पृथ्वी र प्रकाशसँग सम्बन्धविच्छेद गरेर मानव बुद्धिको दुरुपयोग गर्दै आधुनिकीकरणको नाममा स्वास्थ्य विज्ञानको विकास भयो जसको उपज आजको सभ्यताको सबैभन्दा बेइमान जात मानवतारहित मनुष्य स्थापित भएको छ ।

सम्पूर्ण मोर्डन मेडिकल साइन्समाथि नै यति ठुलो माहाअपराधीको बिल्ला भिडाइएको छ । औषधि उपचार गर्ने बहानामा मानिसहरूलाई विभिन्न रोगहरूको डर त्रास जबरजस्ती देखाएर फसाउने काम जारी नै छ ।  सम्पूर्ण धनसम्पत्ति स्वाहा बनाउँदै मानिसहरूको जीवन नै समाप्त पार्ने काम घामजस्तै छर्लङ्ग भएको छ । विदेशमा बसेर ठुलो सान सौकत विलासिता जीवनको आकर्षणलाई त्यागेर आफ्नो देशमा सेवाको भावनाबाट ओतप्रोत भएर राज्यले कैयौँ धम्की र लोभलालच दिँदा पनि आफ्नो इमान र नैतिकतालाई कतै आँच आउन नदिएर नागरिकको स्वास्थ्यप्रति सदा सर्वदा समर्पित भाइरोलोजीमा जापानबाट पिएचडी गरेका डा. शेरबहादुर पुन, डा. रविन्द्र पाण्डे र डा. खगेश्वर गेलाललगायतहरूले यस्तो महाआतंकको कठीन परिस्थितिमा समेत कति पनि विचलित नभई देशका नागरिकहरूलाई महाआतंकको खेलको पर्दाफास गरेकै छन् । कोरोना नामको आतंक र सन्त्रासले होसहवास उडेका मानिसहरूलाई काउन्सिलिङ गर्दै बिना पैसा औषधि दिएर निको बनाएर घर फर्काउने र यस्तो प्रतिकूल अवस्थामा पनि यस किसिमको पवित्र काम गर्ने यस्ता महान् डाक्टरहरूलाई नमन गर्नु पर्दछ । 

मानिसको स्वास्थ्यसँगको संवेदना र जिम्मेवारीलाई एकदमै ख्याल गर्नु पर्ने हुन्छ । यसका लागि एक सकारात्मक पहल र साझेदारी गर्नुपर्ने हुन्छ । हालमा जो कसैलाई पनि अकस्मात् स्वास्थ्य सम्बन्धी गम्भीर समस्या आईपर्दा आपतकालीन व्यवस्थाका हिसाबले आधुनिक औषध विज्ञान अथवा अहिलेको अस्पतालले उक्त सेवाहरू दिन सकेको छ ? पर्याप्त रुपमा अझै हुन सकेको छैन । आर्युवेद विज्ञानमा प्रयोग गरिने जडीबुटी र प्राकृतिक रूपमा रोगको नियन्त्रणमात्र भन्दा पनि निदान गर्ने विधिलाई अवलम्बन गरी प्राकृतिक/आर्यूवेद चिकित्साका राम्रा र औषध विज्ञानअन्तर्गत भएका पूर्वाधारसमेत समाहित गरी एकीकृत उपचार पद्धति अवलम्बन गर्नुपर्ने हुन्छ । 

लेखक कर्णबहादुर शाही पाणिनि स्कूलका प्रिन्सिपल हुन् । डा. पूर्ण शाही प्राकृतिक चिकित्सक हुन् ।

कस्तो लाग्यो ?

यो पनि