बैशाख ०८, २०८१, शनिबार
               

कुकुर पाल्न सोच्दै हुनुहुन्छ भने अब तपाईंले यस्तो नियम पालना गर्नुपर्नेछ

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । यदि तापईं काठमाडौंमा बसेर कुकुर पाल्न खोज्दै हुनुहुन्छ वा सोच्नु भएको छ भने अब तपाईंका लागि थप एउटा नियम हुने भएको छ ।

त्यो हो, अनुमति । हो, अब तपाई‌ले काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नका लागि काठमाडौं महानगरपालिकाबाट अनुमति लिनुपर्नेछ । 

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको  नीति तथा कार्यक्रममा कुकुर पाल्नका लागि अनुमति चाहिने उल्लेख गरेसँगै तपाईंका लागि एउटा नियम थप भएको हो । 

सो नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावना रहेको भन्दै यस्तो नीति लिएको बताइएको छ । 

यो पनि