चैत १५, २०८०, बिहीबार
               

नेपालमा आइसोलेसनमा भन्दा क्वारेन्टाइनमा मर्ने धेरै
स‌ंक्रमण खरायो गतिमा, परीक्षण कछुवा गतिमा

ADVERTISEMENT

नेपालमा कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न गरिएको लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित झन् धेरै थपिएका छन् । लकडाउन खुकुलो भएपछि बिहीबारसम्म संक्रमित दोब्बर थपिएका छन् । तर, नेपालमा लकडाउन लागूू गरेको ८० दिन पुगेपछि निजी क्षेत्रको आग्रहमा खुकुलो बनाइको हो । लकडाउन मात्रै गरिरहने तर सरकारले आफ्नो काम नगर्ने भन्ने आलोचना बढेपछि एक साता अघिलकडाउन खुकुलो बनाइएको छ ।

एक साताअघि जेठ २८ गतेसम्म नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको थियो । एक सातापछि बिहीबार को तथ्याङ्क हेर्ने हो भने झन्डै दोब्बर देखिन्छ । बिहीबार साँझसम्म नेपालमा सङ्क्रमित सङ्ख्या ७ हजार ८ सय ४८ पुगेको  छ । २८ गतेअघि दैनिक साँढे २ सयको हाराहारीमा सङ्क्रमित भेटिन्थे भने अहिले एकै दिन साँढे ६ सय बढी भेटिन थालेको छ । बिहीबार २४ घण्टाको अवधिमा ६ सय ७१ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । 

पछिल्लो एक साताको अवधिमा मृत्यु हुनेको सङ्ख्या भने कमी आएको छ । २८ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १५ थियो भने, बिहीबारसम्म २२ पुगेको छ ।

दैनिक ६ सयभन्दा बढी सङ्क्रमित भेटिए पनि पिसिआर परीक्षणको दायरा भने आवश्यकताअनुसार अझै बढाउन नसकिएको विज्ञहरू बताउँछन् । बिहीबारसम्म १ लाख ५५ हजार ५ सय १८ जनाको पिसिआर गरिएको  छ ।  आरडिटी परीक्षण २ लाख ४३ हजार ७५ जनाको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

कुनै पनि रोगको महामारीविरुद्ध लड्न सबभन्दा पहिले पूर्व तयारी बढाउनुपर्छ । पूर्वाधारको भरपुर प्रयोग गर्न त्यहीअनुसार जनशक्तिलाई परिचालन गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको काम नियालिरहेका महामारी विज्ञहरू कोराइनासँग जमेरै लड्नुपर्छ भनेर लागेपनि स्रोतसाधान र जनशक्ति त्यो अनुसार नभएको बताइन्छ । कतिपय भने सरकारले पुर्वतयारी नगरेको र पछिल्ला कामहरू समेत सुस्त गतिमा भएको विश्लेषण गर्छन् । 

आइसोलेसनमा भन्दा क्वारेनटाइनमा मर्ने धेरै 

बिहीबार को राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ भन्दै भएको सडक आन्दोलनबारे प्रतिक्रिया दिए । सडकमा ‘इनफ इज इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उनले भने, ‘कोभिड–१९ मोर देन इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौँ, तै पनि आयो ।’ उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।’

उनले यससंगै कोरोना नियन्त्रणको लागि खर्च भएको झन्डै १० अर्ब पारदर्शी भएको समेत बताए । सुविधाजनक क्वारेन्टाइनमा राखिएको, र उचित खानपान र सुरक्षासमेत मिलाइएको बताए । प्रधानमन्त्रीले यी कामका लागि झन्डै १० अर्ब खर्च भएको दाबी गरेपछि हालसम्म मृत्यु भएका २२ जनमध्ये अधिकांश आइसोलेसन वार्डभन्दा क्वारेन्टाइनमै छन् ।

 

प्रधानमन्त्रीले आफ्नो सरकारको कमजोरी ढाकछोप गरेका प्रमाणको सूची प्रशस्तै छ । जस्तो ‘कोरोना भाइरसका कारण नेपालमा २२ जनाको मृत्यु भइसक्दा तथ्याङ्कहरूले भन्छ, आइसोलेसन वार्डमा भन्दा क्वारेन्टाइन स्थलमा मर्ने धेरै भए ।’

यस्तो किन भइरहेको छ ? मानिस मरेपछि मात्र कोरोनाको रिपोर्ट पोजेटिभ आउनुको कारण के हो ? मानिसहरू किन आइसोलेसनबाटै भागिरहेका छन् ? कतिपय ठाउँमा क्वारेन्टाइनमा लैजाँदै गर्दा गाडीबाटै हामफालेकाहरु समेत मरेका छन् । क्वारेन्टाइनमै आत्महत्या पनि गरिएका छन् । दीर्घरोगीहरु समेतका क्वारेन्टाइनमै ज्यान गएको छ ।

यी घटना हेर्दा महामारीका बिच उठेका यी जल्दा बल्दा विषयमा सरकारले अझे सोचिनसकेको प्रतीत हुन्छ । यी प्रश्न उठ्दा मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जवाफ हुन्छ, ‘यति ठुलो महामारीमा केही सानातिना घटना हुनु सामान्य हो ।’

देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्री ओली त अझ सार्वजनिक भाषण नै दिन्छन्, ‘विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को प्रोटोकलका कारण मात्र कोरोनाले मरेको भन्नु परेको छ, नत्र हाम्रोमा कोरोनाले कोही मरेकै होइनन् ।’ किनकि उनले भन्दै आएका छन् ‘अरू रोगले च्यापेका मानिसहरू मरेका हुन्, कोरोना त बहाना हो ।’

भाषणहरूमा अरू मन्त्रीहरु पनि नछुटाई भन्छन्, ‘भाइरसमा राजनीति गर्नेहरूले कोरोना रोक्न केही काम नगरेको भनेर हामीलाई बदनाम गर्ने दुष्प्रयास गरिरहेका छन् ।’

देश विश्वव्यापी महामारीबाट गुज्रिरहँदा जिम्मेवार व्यक्तिहरूको कुरा सुन्दा लाग्छ, कोरोना नियन्त्रणमा सफल भएकोमा डब्लुएचओले नेपाललाई छिट्टै पुरस्कृत गर्नेछ । तर, वास्तविकता हेर्ने हो भने निक्कै फरक देखिन्छ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि