बैशाख १४, २०८१, शुक्रबार
               

स्वीट्जरल्याण्डको रेलमा भेटियो २ करोड ३२ लाखको सुन, दाबी गर्न कोही आएनन्

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

स्वीट्जरल्याण्डको एक रेलमा २ करोड ३२ लाख रुपैयाँ (एक लाख ९० हजार अमेरिकी डलर) बराबरको सुन भेटिएको छ ।

गत अक्टोबरमा सेन्ट गालेनबाट लुसर्नी पुगेको रेलबाट अधिकारीहरूले प्याकेजमा उक्त सुन भेटाएका थिए । सुरूमा अधिकारीहरूले गोप्य रूपमा सुनका मालिक पत्ता लगाउन प्रयास गरेका थिए ।  तर अहिलेसम्म उक्त सुनका मालिक फेला नपरेपछि अधिकारीहरूले सुन दाबी गर्न सार्वजनिक रूपमै सूचना जारी गरेका छन् ।

सुनधनीले पाँच वर्षसम्म सुन दाबी गर्न सक्ने लर्सुनीका अधिकारीहरूको भनाइ छ । यसरी सुन दाबी गर्न जाँदा सुन आफ्नो हो भन्ने यथेष्ट प्रमाण भने लिएर जानुपर्नेछ ।    

रेलमा यति धेरै सुन भेटिएको र  त्यो कसैले पनि दाबी नगरेको घटना अहिले स्वीट्जरल्याण्डमा चर्चाको विषय बनेको छ ।

तीन वर्षअघि जेनेभाका रेष्टुरेन्ट र बैंकका शौचालयमा ५ सय युरोका केही नोटहरू जाम भएको अवस्थामा फेला परेका थिए ।


कस्तो लाग्यो ?

यो पनि